लामा अमृत फाउण्डेशनद्धारा घान्द्रुकको जनप्रिय विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण
काठमाडाैं | साउन ९, २०८२
पोखरा: लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।
फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चे स्थित जनप्रिय आधारभुत विद्यालयमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।
फाउण्डेशनका संस्थापक गुरुङले ६५ जना विद्याथीैहरुलाई शैक्षिक सामाग्री र विद्यालयलाई डष्टविन र एक थान भलिबल सहयोग गरेका हुन् ।
शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक कार्यमा जोडिने उद्धेश्यसहित विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको बताए ।
‘सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको फाउण्डेशनले घान्द्रुक लगायत विभिन्न जिल्लाका विद्यालयमा शैक्षिक सामागी सहयोग गरि सकेको छ, संस्थापक गुरुङले भने, ‘केही दिन अगाडि पोखरामा क्लबस्तरीय भलिबल सम्पन्न भइसकेको छ, यसपछि आज यस विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गर्ने अवसर पाएको छु, सहयोगका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिन चाहान्छु ।’
संस्थापक गुरुङले शैक्षिक गुणस्तर सुधारमा शिक्षक मात्र नभएर स्थानीयहरुले समेत चासो देखाउन सके गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए ।
‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किला हो, शैक्षिक गुणस्तरमा ध्यान दिन विद्यालयका शिक्षक मात्र हैन स्थानीयहरुले पनि चाँसो देखाउन आवश्यक छ, उनले भने, ‘गाउँकै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि फाउण्डेशन मार्फत सक्रियता बढाएको छु, अबको परिवर्तन शिक्षाले मात्र दिन सक्छ त्यसैले शिक्षामा सबैले ध्यान पु¥याउन आवश्यक छ ।’
विद्यालयका प्रधानाध्यापक बैकुण्ठ दाहालले यस सहयोगले विद्यार्थीहरुको अध्ययनमा हौसल थपिएर जाने बताए ।
‘हाम्रो विद्यालयले आधारभुत तहमा पालिकामा नै उत्कृष्ट नतिजा निकाल्दै आएको छ, विद्यालयमा स्रोतका कमीका कारण केही समस्या छ, पालिकाले पनि छात्रावृत्ति लगायत विभिन्न शिर्षकमा सहयोग गर्दै आएको छ, प्रधानाध्यापक दाहालले भने, ‘लामा अमृत फाउण्डेशन घान्द्रुकले गरेको सहयोगले विद्यार्थीहरुको अध्ययनमा अझै हौसला बढेर जाने विश्वास लिएको छु ।’
फाउण्डेशनले यसअघि लमजुङ र घान्द्रुकको विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीसँगै पोशाक वितरण गरेको छ । फाउण्डेशन शैक्षिक, सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

